२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

छठको तेस्रो दिन आज, ‘खरना’ को तयारी

महोत्तरी । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा(अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय(खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता…