२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

सर्पको टोकाईबाट युवाको मृत्यु

ताप्लेजुङ ।फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट मृत्यु भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए। सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो। त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी…