३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

तोलामा ४ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डौ ।सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।