नेपालगञ्ज ।दाइजोमा मोटरसाइकल नल्याएको भन्दै मट्टितेल छर्केर बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) सात वर्षपछि पक्राउ परेका छन् ।प्रहरीका अनुसार दाइजो नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले ती महिलालाई आगो लगाएका थिए। २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै फरार रहेको…