काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकासहित देशभरी नै चिसो बढ्दै गएको छ । काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले…