४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

माघे झरीपछि चिसो बढ्यो



काठमाडौं, ११ माघ ।
काठमाडौं उपत्यका सहित देशभरी नै आज चिसो बढेको छ । हिजो पानी परेपछि देशभरी नै आज न्यूनतम तापक्रम घटेर चिसो बढेको हो ।
केही दिन अघिसम्म ६ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम आज बिहान २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।
पानी परेकाले एक दुई दिन चिसो भएपनि बिस्तारै न्यूनतम तापक्रम बढ्ने उहाँले बताउनुभयो । गएको २४ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा १२ दशमलव ५ मिलिमिटर पानी परेको छ । काठमाडौंमा ६ दशमलव १ मिलिमिटर पानी परेको छ । तर यो पानी हिँउदे वर्षाको लागि पर्याप्त भने नभएको मौसमविद् रिमालले बताउनुभयो ।
हिजो पानी पारेको मौसमी प्रणाली नेपालबाट बाहिर गैसकेकाले आज देशभरीकै मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् । अहिले धेरै ठाउँमा लागेको हुस्सु र कुहिरो घाम लागेपछि बिस्तारै हट्ने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा भने आज पनि हिमपातको संभावना छ ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : ०३ बजे