काठमाण्डाै । वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह…