काठमाण्डौ । राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो । आचार्यका…