म्याग्दी । वर्षौँदेखि ओझेलमा परेका म्याग्दीका गाउँबस्तीमा विकास पुगेको छ। घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको सङ्ख्या बर्सेनी बढेको छ। चार(पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको…