१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

एजेन्सी । यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले घोषणा गरेको छ । एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति शनिवार कानूनको घोषणा गरेको हो । योसँगै एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्वीर बनाउने कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो देश बनेको छ…