एजेन्सी । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा…