२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ।…