७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो। उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ।…