काठमाडौं । तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ। पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात्…