२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल



तनहुँ ।

जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन्।

अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिलगायत हिमशृङ्खला अवलोकन गर्न विभिन्न मुलुकका पर्यटक यहाँ आएका हुन्। यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनिया पर्यटकको सङ्ख्या बढी छ। बन्दीपुर जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका र जर्मनीलगायतका पर्यटकको रोजाइ बनेको अध्यक्ष बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए।

प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल, विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, शही स्मारक उद्यानलगायत १७ गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात भाषामा तयार पारेको छ । रासस

प्रकाशित मिति : २७ आश्विन २०८१ आइतबार ००:००  १ : ०० बजे