काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ…