१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

रेशमको पार्टी सरकारमा नजाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ। पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। नागरिक उन्मुक्तिमा ४ सांसद छन्।