पाँचथर । आज महागुरु फाल्गुनन्दको १३८ औँ जन्मजयन्ती मनाइँदैछ । विशेषगरी किरात समुदायमा गुरु फाल्गुनन्दको योगदान स्मरण गरी सम्झना गर्ने गरिन्छ । फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको मग हिम मन्दिरको स्थापना गर्न योगदान छ ।…