१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

वर्षाका कारण गुल्मीको विद्युत् र यातायात सेवा अवरुद्ध

गुल्मी । झन्डै साता दिनदेखिको वर्षाले गुल्मीका विभिन्न ठाउँमा विद्युत् र यातायात सेवा अवरुद्ध बनेको छ । सदरमुकाम तम्घासलगायत जिल्लाका मदाने, मालिका, धुर्कोट, मुसिकोट, चन्द्रकोटलगायतका पालिकामा विद्युत् सेवा अवरुद्ध बनेको हो । सदरमुकाम तम्घासकै रेसुंगा नगरपालिकाको कार्यालयनजिकै रहेको ट्रान्सफर्मर पहिरोले पुरेको थियो । जसका कारण तम्घासका साथसाथै जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध थियो ।…