२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबामा ४३ घर डुबानमा, १२ जनाको उद्धार

बर्दिया । गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरी ४३ घर डुबानमा परेका छन् । ठाकुरबाबा(७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरी १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले उद्धार…