४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सवारी दुर्घटनामा लुम्बिनी प्रदेशका पूर्व कृषि सचिव सुबेदीको निधन



बुटवल ।

केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । मोटरसाइकल दुर्घटनाबाट टाउकोमा गम्भीर चोटलागेर मृडिसिटी अस्पतालको आइसीयूमा उपचार गराईरहेका सुबेदीको उपचारकै क्रममा निधन भएको हो ।

उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएकोमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका उनी हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९ आइतबार ००:००  ५ : १९ बजे