काठमाडौं । विपद् जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्वचेतावनी राष्ट्रिय प्रणाली र बहुप्रकोपीय जोखिम आंकलन प्रणाली स्थापना गरिने भएको छ । आइतबार अर्थ मन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत् आर्थिक वर्ष २०७९-०८० को बजेट वक्तव्यमा जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रमहरु संचालन गर्ने उल्लेख छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वमा सप्तरी र पश्चिममा कैलालीमा सशस्त्र…