काठमाडौं ।तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले बताए ।‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने ।…