काठमाण्डौ । सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताका कारण सुनको भाउमा उतारचढाव आइरहेको…