४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

पूर्वमन्त्री पाण्डे बने लोसपाको लुम्बिनी संयोजक

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को लुम्बिनी प्रदेश कार्यकारिणी समितिको संयोजकमा रुपन्देहीका सन्तोष कुमार पाण्डेय चयन भएका छन् । लोसपा अन्तरिम विधान २०७८ अनुसार सन्तोष कुमार पाण्डेयको संयोजकत्वमा २३ सदस्यीय लुम्बिनी प्रदेश कार्यकारिणी समिति गठन गरिएको पार्टीले जनाएको छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।…