काठमाण्डौ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गएरातिदेखि अवरुद्ध सडक खुलेको छ । बाढीले बगाएको डाइभर्सन बनाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । नवलपरासी प्रहरीका अनुसार अहिलेलाई साना गाडी र बस सञ्चालन हुन थाले पनि ठूला ट्रकलाई भने रोक लगाइएको छ । काठमाण्डौको मुख्य नाका नागढुङ्गामा आज भने गाडी केही सहज रुपमा सञ्चालन भइरहेको छ…