बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणपछि मृत्यु भएका एक पुरुषको शव आफैले व्यवस्थापन गरेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले होम आइसोलेशनमा रहेकाहरुको मृत्यु भएमा सम्बन्धित परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका बेला तिलोत्तमा नगरपालिकाले भने नगरपालिका भित्र बसोबास गर्ने र कोरोना संक्रमणपछि होमआइसोलेसनमै मृत्यु भएका व्यक्तिको शव नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको थियो।…