पाल्पा । दसैंको सातौं दिन शुक्रबार पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघरमा फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजिरसिंह थापाले दुई सय वर्षअघि स्थापना गरेको दसैंघरमा फूलपाती भित्र्याइएको हो । जिल्ला प्रशासन कार्यालय परिसर सिल्खान टोलस्थित दसैंघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ । सिलेखाना परिसरमा रहेको कोतघरमा पनि दैनिक सैनिक सलामीसहित पूजाआजा गरिन्छ ।…