१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बुटवलको गैरीगाँउ क्षेत्र पहिरोको उच्च जोखिममा

रुपन्देही । लगातारको वर्षाले बुटवल उपमहानगरपालिका–४ को गैरीगाँउ क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । वर्षाले लक्ष्मीनगर, गैरीगाउँ र लक्ष्मीपार्क माथिको चुरे पहाड खसेपछि गैरीगाउँको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले गैरीगाउँका ३ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको सामुदायिक भवनमा सारेको बुटवल–४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले बताए । उनका अनुसार गैरीगाउँका…