बर्दिया ।बर्दियाको ठाकुरबाबा नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरका ४ वडाका क्वरेण्टीन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक…