८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाल्पा भयो कोरोना संक्रमणमुक्त जिल्ला



तानसेन ।

पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ। पाल्पा कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाए पनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ती नआएको कारण संक्रमण मुक्त जिल्ला भएको हो। पाल्पामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन्।

पाल्पामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन्। पाल्पामा अहिले आइसोलेसनमा १ जना पनि कोरोना संक्रमित बिरामी नभएकोले आजको मितिसम्मलाई संक्रमणमुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए।

जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा बसेर समुदायसँग दिनहुँ सम्पर्करत व्यक्तिको नमुना परीक्षण गरिएको छ। समुदाय स्तरका १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  २ : ४६ बजे