गुल्मी ।
गुल्मीमा दलित र गैरदलित मिलेर सामूहिक रक्षाबन्धन कार्यक्रम गरेका छन् । विश्व हिन्दु महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दु धर्मको संरक्षण र सामाजिक सद्भावका लागि जिल्ला सदरमुकाम तम्घासमा सामूहिक रक्षाबन्धनको आयोजना गरेका हुन् ।
तम्घासमा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर सामूहिक रक्षा बन्धन बाँध्ने काम गरिएको हो ।
जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा सबै जातजाति, समुदायबीच सामाजिक सद्भावका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले बताए ।
सामाजिक त्रुटिका रुपमा रहेको जातीय विभेद्को अन्त्यका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन् भुसालले बताए ।
सामूहिक रक्षाबन्धन ब्रहमाण पण्डितहरुद्वारा सामूहिक डोरो बाँध्ने कार्यक्रम आयोजना गरिएको थियो । दलित र गैरदलित समुदायसँगै सामूहिक रक्षाबन्धन कार्यक्रममा पण्डित भीमकान्त पन्थीद्वारा पहिलो पटक रेसुङ्गा नगरपालिका निवासी ८३ वर्षकी जानकी विश्वकर्मा, ८० वर्षीय सुर्यबहादुर नेपाली र ७० वर्षीय दधिराम परियारलाई डोरो बाँधेर कार्यक्रम सुरुआत गरिएको थियो ।







प्रतिक्रिया