काठमाण्डौ । पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको हो । पहिरो निकै ठूलो भएकाले पञ्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक बन्द भएपछि सयौँ यात्रु अलपत्र परेका छन् ।