काठमाण्डौ । देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ…