काठमाडौँ, ५ असार । राजधानीमै एक श्रीमानले आफ्नी श्रीमतीलाई जिउँदै जलाएर हत्या प्रयास गरेका छन् । प्रेम विवाह गरेर ल्याएका श्रीमानले जिउँदै जलाएर मार्ने प्रयास गरेपछि खोटाङकी शोभा चाम्लिङ राई जीवनमरणको दोसाँधमा छिन् । काठमाडौँको नयाँबजारस्थित पिपुल्स अस्पतालको शैयामा छटपटाइरहेकी शोभाको चित्कार सुनिदिने कोही छैन् । घटना एक हप्ता अघिको हो । गत जेठ २७…