६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एसियन प्रिमियर लिग टी–ट्वान्टी नेपालमा हुने


२८ जेष्ठ २०७४ आइतबार ००:००  

0
Shares

काठमाडौं । एसियन प्रिमियर लिग टी(ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पञ्जाबले असार ५ गतेदेखि प्रतियोगिता गर्ने बताएको छ ।

क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाबको आयोजनामा एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको हो ।

एसियाका ६ वटा देशका टिम सहभागी हुने प्रतियोगिता असार ५ गतेदेखि सुरु हुने बताइएको छ । प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७४ आइतबार ००:००  ३ : २३ बजे