एजेन्सी ।श्रीलङ्काको राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । अस्ति राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करोडौँ रूपैयाँ नगद बरामद गरेको भनिएको छ । सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ…