काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन र उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिट उपर संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ। प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा पेसी शुक्रबारका लागि सरेको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ। बुधबारको बहसका लागि रिट निवेदकका…