८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री दोषीः गगन थापा



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। डाक्टर केसीसँग संवाद गर्दिनँ भन्ने प्रधानमन्त्रीको हठले प्रधानमन्त्रीको मान नबढाउने थापाको भनाइ छ।

‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले राख्नु भएको कुन माग पूरा नहुनेरगर्न नसकिने छरु कुन माग जनहितविपरीत छन्?,’ थापाले प्रश्न गरेका छन्। प्रधानमन्त्रीले पहिले बाचा पूरा नगरेकाले अहिले ती माग फेरि डाक्टर केसीले उठाएको पनि थापाको भनाइ छ।

‘तपाईं आफैंले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?,’ सोमबार ट्वीट गर्दै थापाले प्रश्न गरेका छन्, ‘केसीसंग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?’

पूरा गर्न सकिने र गर्नुपर्ने माग केसीले उठाएकाले सम्बोधन गर्न पनि थापाको भनाइ छ। ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ,’ थापाले भनेका छन्, ‘प्रमज्यू ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी तपाईं हो।’

चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा छन्। जुम्लामा अनसन बसेका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १ : ०५ बजे