एजेन्सी । उपाधि होडमा आफूलाई पनि कायम राख्दै आएको एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई २–० ले हरायो । एथ्लेटिकोको जितमा अल्भारो मोराटा र साउलले गोल गरे । ३१ औँ…