७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध



पाल्पा, १९ साउन ।
लगातारको झरीका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको दोभान प्रहरी चौकी नजिक ठूलठूला ढुंगासहितको पहिरो खस्दा बुधबार दिउँसो ४ बजेदेखि यो राजमार्ग ठप्प भएको हो ।
पहिरो हटाउन दुईवटा डोजर प्रयोग गरिए पनि ठूलठूला ढुंगा खसेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा पाल्पासहित गुल्मी, पोखरा, बाग्लुङ, अर्घाखाँची, पर्वत लगायत जिल्ला जाने आउने सयौँ गाडी बाटोकै रोकिएका छन् । धेरैजसो यात्रुले गाडी भित्रै रात बिताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ३० बजे