मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
सर्पको टोकाईबाट जिल्लाको शुद्धोधन गाउँपालिका २ मेहनिया बस्ने शिवपुजन चमारको छोरा १२ बर्षीय रबिन्द्र चमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
आइतबार आफ्नै घरको बिस्तारामा सर्पले टोकेर घाईते भएका चमारलाई उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे तर्फ पठाईएकोमा निजको उपचारको क्रममा आइतबार राति मृत्यु प्रहरीले बताएको छ ।







प्रतिक्रिया