१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुबाट सबै भन्दा बढी मक्का मदिना जादै



किरणमान व्रजचार्य, कपिलवस्तु १९ साउन ।

यस बर्ष कपिलवस्तु सहित देशभर बाट १ हजार २ सय मुस्लिम धर्मावलम्बी हज यात्राका लागि जाने भएका छन् । केन्द्रिय हज कमिटी बैठकले विभिन्न २९ जिल्लाबाट उनीहरुलाई हज गर्न जान छनौट गरेको हो ।

अघिल्लो वर्षको वर्षको तुलनामा यस वर्ष २ सय कोटा थप गरिएको हो । अघिल्लो वर्ष एक हजार जना मात्र हज गर्न मक्का जान पाएका थिए । यस बर्ष हज यात्रामा जाने संख्या अहिले सम्म कै सबै भन्दा बढी हो । यस वर्ष कपिलवस्तुबाट सबै भन्दा बढी १ सय ७९ जना यात्रामा जान लागेका हुन ।

गत वर्ष जान नपाएका पुराना आबेदक तर्फ जिल्लामा दर्ता रहेका १ सय २७ जना तथा केन्द्रमा दर्ता गराएका ४ जना गरि १ सय ३१ र यस वर्ष जिल्लामा आबेदन दिएका २ सय १२ नया आबेदक मध्ये ४८ गरि १ सय ७९ जना छनौटमा परेको बताईएको छ ।

मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुनेगर्छन् । हजयात्री छनौट गर्ने काम ७ सदस्यिय कार्य सम्पादन समितिले गरेको हो हजयात्री काठमाडौ–युएई हुदै साउदीको जेद्दा पुग्नेछ ।

चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि सम्भवतः २ सेप्टेम्बर (भदौ १७) का दिन पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढे पछि हज पुरा हुनेछ ।

रुपन्देहीबाट एक सय पैँतीस जना हजयात्री

रुपन्देही जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १ सय ३५ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।

हज गर्नका लागि मक्का मदिना जान यस जिल्लाबाट ३ सय १५ जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए तर कोटा अभावका कारण यो वर्ष १३५ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएका छन् । तीमध्ये गत वर्ष निवेदन दिएका ८२ जना र यस वर्षका ५३ जना छन् ।
हज यात्राका लागि अरब सरकारले नेपाललाई एक हजार २ सय कोटा दिएको छ । त्यसका लागि देशभरबाट एक हजार ९ सय १६ जनाले आवेदन दिएका थिए ।

जसमध्ये ६ सय १५ जना गत वर्ष छनोटमा नपरेकाले यस वर्ष पहिलो प्रथमिकतामा जाँदैछन, कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसङ्ख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिको आधारबाट हजयात्रामा जानेको नाम छनोट गरेको मुस्लिम वेलफेयर सोसाइटी हज व्यवस्थापन उपसमितिका अध्यक्ष अब्दुल रहमान खाँनले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ३८ बजे