१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गयो



दिपा महत कपिलवस्तु साउन १९  । 

कपिलवस्तुको बुुद्धभुमी नगरपालिका वडा नम्बर २ कोन्द्रेखोला नजिकै भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक रोल्पाका ३८ वर्षिय होम बहादुर पुनको ज्यान गएको हो । उहाको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गएको बताईएको छ ।

पश्चिमबाट पूर्व जादै गरेको रा ४३ प ४४५ नम्बरको मोटरसाईकल लाई विपरित दिशा बाट आउदैै गरेको ना ५ ख ३३७१ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाईते मोटरसाइकलको पछाडी बसेकी ३० वर्षिय ओसरी महरा लाई उपचारको लागी लम्बीनी अञ्चल अस्पताल बुटवल लगिएको छ ।

मोटरसाईकलमै सवार बालक भने सकुशल रहेको जनाईएको छ । बस तिव्र गतिमा आएकाले दुर्घटना भएको ईलाका प्रहरी कार्यलय गोरुसिंगेले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा छन् । भने घाइतेको बुटवलमा उपचार भैरहेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  १० : ३९ बजे