१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीमा विद्युत चुहावट नियन्त्रण अभियान प्रभावकारी



रुपन्देही १९ साउन

रुपन्देहीमा विद्युत चुहावट नियन्त्रण अभियान प्रभावकारी भएको छ । यो संगै विद्युत चुहावट नियन्त्रणमा आएको छ ।

साथै विद्युत चोरी गर्ने उपर कारवाही गर्दा क्षतिपूर्ति र जरिवाना स्वरुप ठूलो मात्रामा राजश्व संकलन भएको छ ।

भैरहवा विद्युत प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले गत आर्थिक वर्ष ०७३र०७४ मा विद्युत चोरी गर्ने ३ सय ६३ जना उपर कारवाही गरेर क्षतिपूर्ति र जरिवाना स्वरुप १ करोड १७ लाख रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।

विगतमा विद्युत चुहावट दिउँसोको समयमा हुने गरेपनि अहिले भने रातिको समयमा छिटफुट रुपमा चुहावट हुने गरेको कारण विद्युत चुहावट नियन्त्रण गर्नका लागि अहिले आफूहरुले मध्यरात समेत छापा मारेर कारवाही गरिरहेको बताउनु भयो ।

प्रमुख ठाकुरले विद्युतीय मिटर जडान नगरी विद्युतको प्रयोग गर्नु गैरकानुनी भएको बताउँदै विद्युत चोरी नगर्न र मिटर जडान गर्न सबैलाई आग्रह गर्नुभयो ।

०७१ साल माघ महिनामा भैरहवा विद्युत प्राधिकरणमा प्रमुखको रुपमा ठाकुर आएपछि विद्युत प्राधिकारणको काम कार्यवाहीमा सुधार हुनुका साथै राजश्व संकलनमा व्यापक वृद्धि भएको छ ।

आव ०७१र०७२ मा विद्युत चुहावटबाट ३२ लाख ९८ हजार मात्र संकलन गरेको प्राधिकरणले आव ०७२र०७३ मा ६९ लाख रुपैयाँ संकलन गरेको थियो ।

प्राधिकरणले विद्युत चोरी गर्ने पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको विद्युतिय उपकरण एक वर्षसम्म प्रयोग गर्दा खपत हुने विद्युत युनिटको आधारमा क्षतिपूर्ति भराएर कारवाही गर्ने गरेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ११ बजे