१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीका दुई जनामा स्वाइनफ्लुको संक्रमण



लक्ष्मण पोखरेल बुटवल, १९ साउन
रुपन्देहीका दुई जना व्यक्तिमा स्वाइनफ्लु देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा स्वाइनफलु देखिएको हो ।
रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताउनु भयो ।
जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो सहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रुपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुदा बिरामीहरु काठमाण्डौं जान बाध्य रहेका छन् ।
लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने विरामीको संख्या अत्याधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो ।
जनस्वास्थ्य कार्यालयले उच्च ज्वारो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाच गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : २४ बजे