८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा



खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा
गुल्मी, १९ साउन ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।
झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पाइप टुटफुट भइरहेको र मोटरबाटो खनेका स्थानमा वर्षात्ले गर्दा
पहिरोले पाइप बगाउने र पुर्ने जस्ता समस्याले खानेपानी अवरुद्ध भएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।
साथै, खानेपानी सुचारु हुन करिब एक हप्ता लाग्ने समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।
खानेपानी सुचारु नहुँदा तीन वडाका झण्डै २५० घरधुरीका उपभोक्ताले घण्टौँ लगाएर आफ्नो नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको छ । यसरी पटकपटक खानेपानी अवरुद्ध भइरहँदा खानेपानी नियमित रुपमा सुचारु नहँुदा स्थानीयवासीलाई निकै समस्या भइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ३ : १५ बजे