१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पाटे बाघ खोज्न शंकरनगर बनमा ५० सिसि क्यामेरा



लक्ष्मण पोखरेल, बुटवल, २० साउन ।
रुपन्देहीको शंकरनगर सामुदायिक वनमा पटक–पटक बाघ देखिएपछि अनुसन्धान टोलीले सिसिटिभी क्यामेरा जडान गरी निगरानी गरेको छ । जिल्ला बन कार्यालय रुपन्देहीले डब्लु डब्लु एफको सहयोगमा ५० वटा क्यामेरमा बन क्षेत्रमा जडान गरेको हो ।
पछिल्ला वर्षमा बन संरक्षणपछि बाघको बासस्थान हुन सक्ने भएकाले संख्या पत्ता लगाउन क्यामेरा जोडिएको छ । स्थानीयले पाटे बाघ देखिएको भन्दै शंकरनगर सामुदायिक वनलाई खवर गरेका थिए ।
सिसि क्यामेरा जडान गरिए पनि एक सातासम्म बाघ देखिएको छैन । क्यामेरामा बाघ नदेखिए पनि बस्नी नजिक स्थानीयले देखेको शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरीले बताउनु भयो ।
जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान प्राविधिक टोलिले सिसिटिभी क्यामरा जडान गरी बाघ खोज्न थालेको हो । प्राविधिकहरुले जंगल झांगिएकाले बाघको बासस्थान हुन सक्ने बताएका छन् । बाघ हिंडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलाई लक्षित गरेर अनुसन्धान गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ३ : ०४ बजे