१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुपन्देहीको तिलोत्तमामा अज्ञात समुहले गोली चलायोे



रुपन्देहि, २० साउन ।
रूपन्देहीका जिल्लाको तिलोत्तमामा नगरपालिका बार्ड नम्बर ५ मणिग्रामचोकमा दिउसो अज्ञात समुहले एक पसलमा गोली चलाएका छन ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मणिग्राम चोकमा रहेको श्रीसा मार्बलमा ग्राहक बनेर आएका २ युवाले २ राउन्ड गोली चलाएका हुन् ।
गोली पसलका संचालकलाई नलागि सिसामा लागेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मुकुन्द मरासिनीले उनीहरूले डर देखाउने हिसाबले गोली चलाएर भागेको हुनसक्ने बताउनुभयो ।
।हातमा हेलमेट लिएर आएका उनीहरूले मार्बलका बारेमा सोधेको र गोली चलाएर भागेको मार्बल पसलका सन्चालक दुर्गालाल भण्डारीलाई बताउनुभयो ।
अज्ञात व्यक्तिले गोली चलाएपछि स्थानीय त्रसित भएका छन् । पसलका संचालन दुर्गालाल भण्डारीले प्रहरीको फरार सुचीमा रहकेका मनोज पुनले पटक पटक चन्दा माग गरेको बताउनु्भयो ।
फरार पुनको समुहले गते पुष ४ गते रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका तत्कालिक अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : १६ बजे