२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

नवलपरासीमा एक बालक सहित ३ जनालाई बाढिले बगायो



वृजराज कुशवाहा, नवलपरासी, २० साउन ।
नवलपरासीमा आएको भिषण बाढीले ३ जनालाई बगाएको छ । बिहिबार देखि परेको अविरल बर्षाको कारणले गर्दा एक बालक सहित २ जना बाढीमा डुबेर बेपत्ता परेका छन् । नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित पर्सीया गाँउमा आएको बाढिमा डुबेर एक बालक सहित एक जना बेपत्ता भएका छन् ।

शुक्रबार विहान साढे ९ बजेको समयमा पाल्हीनन्दन गाउँपालिकाको पर्सिया स्थित नारी भन्ने घोलमा आएको बाढीको तिव्र गतीको बहावले स्थानिय बालक १२ बर्षिय कृष्ण गुप्तालाई बाढीले बगाएपछि उनलाई बचाउने क्रममा स्थानिय ५० वर्षिय बृजलाल गुप्ता पनि संगै डुबेर बेपत्ता परेका छन् । प्रहरीका अनुसार दुबैको खोजी कार्य जारी छ । उता हिजो खजुरामा डुबेर हराएका युवकको अवस्था अज्ञात बनेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : ४२ बजे